शेयर बजारमा नयाँ रेकर्ड, १७ अर्ब २७ करोडको कारोबार

शेयर बजारमा नयाँ रेकर्ड, १७ अर्ब २७ करोडको कारोबार

काठमाडौं । यो साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ५० अंकले बढेर २९ सय भन्दा माथि उक्लिएको छ भने कारोबार रकममा पनि १७ अर्ब २७ करोड बढीको भएको छ । यो हालसम्मकै उच्च रेकर्ड हो ।

बजार बढेको यो दिन सबैभन्दा धेरै कारोबार नेपाल रि इन्स्योरेन्सको भएको छ । यसको करिब १ अर्ब २१ करोड बढीको शेयर करोबार भएको छ भने सबैभन्दा धेरै कमाउनेमा महिला लघुवित्तका लगानीकर्ता छन् । यसको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ ।

यस्तै गुमाउनेमा भने राधी जलविद्युत कम्पनी रहेको छ । यसको शेयर मूल्यमा ८.५६ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति:     २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar