शेयर बजारको कुल पूँजीकरण करिब ४० खर्ब पुग्यो

शेयर बजारको कुल पूँजीकरण करिब ४० खर्ब पुग्यो

काठमाडौं । यो साता शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साता नेप्से परिसूचकले उच्च विन्दु कायम गर्दा कारोबार रकम पनि उच्च नै रहयो ।

पहिलो कारोबार दिन आइतबार १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर कारोबार भएको थियो । त्यस्तै अन्तिम दिन बिहीवार पनि १६ अर्व ९० करोडको कारोबार भयो ।

गत साता ११ करोड ७५ लाख ८३ हजार ४८१ कित्ता शेयर कारोबार भएकोमा यो साता १५ करोड ६ लाख १२ हजार ७३८ कित्ता शेयर कारोबार भएको छ । सातामा नेप्से परिसूचक ४१.३७ अंक माथि उक्लिएको छ ।

यस्तै कुल बजार पूँजीकरण ३९ खर्ब ६४ अर्ब २१ करोड २० लाख १५ हजार रुपैयाँ पुगेको छ।

प्रकाशित मिति:     २२ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar