काठमाडौं । डिस होमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।
धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ । ५८ एचडी र १४९ एसडी च्यानल गरी २०७ टेलिभिजन च्यानल ग्राहकलाई बितरण गर्दै आएको छ । यसका साथै कम्पनीले ७० वटा प्रिमियम च्यानल र आफ्नै १६ वटा आफ्नै च्यानल समेत प्रसारण गर्दै आएको छ । ग्राहक संख्या ११ लाख रहेको छ ।