काठमाडौं । बुधबार सानिमा हाइड्रोपावर कम्पनी र राष्ट्रिय बिमा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। यी दुबै कम्पनीको शेयर मूल्यमा आज १० प्रतिशतको बृद्धि छ ।
यस्तै राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ७.२३ प्रतिशतका दरले गुमाएका छन्।
बुधबार नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै एक अर्ब ३७ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि पुनर्बिमा कम्पनीकै आठ लाख दुई हजार ८७३ कित्ता सेयर किनबेच भएका थिए। सोही कम्पनीका सेयर सबैभन्दा बढी आठ हजार पटक खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
आज म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचक बढेका छन् । नेप्से ५६ अंकले बढेको यस दिन ११ अर्ब ३५ करोडको कारोबार भएको छ ।