काठमाडौं । मंगलबार शेयर बजारमा ११.६८ अंक घटेर बजार बन्द भएको छ।कारोबार पनि ८ अर्ब ५९ करोड रुपैयाँको मात्र किनबेच भएको छ।
मंगलबार बिकास बैंक, फाइनान्स र अन्य सूचक बढेको छ। बाँकी सबै घटेका छन्। बजार घटेका बेलामा पनि कालिका पावर कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। धेरै मूल्य पनि जलविद्युत कम्पनीहरुकै घटेको छ।
सर्बाधिक कारोबारमा पनि नेपाल रिइन्स्योरेन्स कम्पनीले नै निरन्तरता पाएको छ। कम्पनीको दिनभरी ५७ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। दोस्रोमा लुम्बिनी विकास बैंकको ३० करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।