प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड

प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड

काठमाडौं । प्रभु सेलेक्ट फन्डको इकाई शुक्रबार बाँडफाँड भएको छ । फन्डको कुल १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको छ ।

योजना व्यवस्थापक प्रभु क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड गरिएको छ । न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म मााग गर्ने सबैलाई माग अनुसारकै इकाईहरु बाँडफाँड गरिएको छ ।

१० लाख इकाई भन्दा माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ । प्रभु सेलेक्ट फन्डले जेष्ठ ५ गतेदेखि ९ गतेसम्म कुल १० करोड इकाई निष्कासन गरेको थियो ।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar