राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा

राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले शेयर बजारमा निराशा छाएको छ । शेयर बजार सुरु भएदेखि नै घटेको छ भने कारोबार पनि खासै उत्साहजन छैन् ।

१ ः १५ मा १५.६९ अंकले घटेको छ भने कारोबार पनि ८ अर्बको हाराहारीमा छ ।

केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै बैंकहरूलाई लघुवित्त कम्पनीको सेयर खरिदमा रोक लगाएको छ भने यसअघि खरिद गरेको सेयर आगामी पुस महिनासम्म बिक्री गरिसक्न भनेको छ।

यस्तै मंगलबारको परिपत्रमा केन्द्रीय बैंकल बैंक तथा वित्तीय संस्थाहरुलाई दास्रो बजारमा लगानी गर्न कडाइ गरेको थियो । नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचिकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न पाइने छैन ।

सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar