काठमाडौं । शेयर बजार बुधबार बन्द हुने भएको छ । आज बुधबार बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो ।
अब बजार बिहीबार खुल्ने छ । हिजो मंगलबार नेप्से सूचक ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा अडिएको छ ।