मंगलबार नेप्से र कारोबार रकम दुबै घट्याे, के होला कारण ?

मंगलबार नेप्से र कारोबार रकम दुबै घट्याे, के होला कारण ?

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० अंकमा झरेको छ । यो दिन २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन सबैभन्दा बढी कमाउने कम्पनीमा बरुण हाइड्रोपावर, माउण्टेन हाइड्रो नेपाल, युनिर्भसल पावर कम्पनी, घलेम्दी हाइड्रोपावरका लगानीकर्ता छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा मल्टिप्रपोज फाइनान्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।

प्रकाशित मिति:     ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar