काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक वा कुनै कम्पनी विशेषको सेयर मूल्य बढ्छ वा घट्छ भनेर जथाभावी अभिव्यक्ति नदिन नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ ।
केहि विश्लेषक वा सक्रिय लगानीकर्ता भएको भन्दै कुनै कम्पनीको सेयर मूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति दिने गरेको पाइएको भन्दै बोर्डले यस्तो कार्य तत्कालै रोक्न आग्रह गरेको हो ।