नेष्डो समृद्ध लघुवित्तले आइपीओ जारी गर्ने

नेष्डो समृद्ध लघुवित्तले आइपीओ जारी गर्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्न ग्लोबललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सो सम्बन्धमा नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ ।

सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् । नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । नेष्डोलाई नेपाल राष्ट्र बैंकले “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत दिएको छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar