नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर दिने

नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

भर्चुअल रूपमा गरिएको साधारणसभाले कम्पनीको चुक्तापूँजी २९ करोड ८० लाख ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ करोड १० लाख पुर्‍याउने साथै बोनस सेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै कम्पनीको खुद नाफा २२.२५ ले घटेको जनाएको छ । कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम हो ।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar