काठमाडौं । नेपालको शेयर बजारमा मंगलवार कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
यसदिन ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसअघि गत माघ २६ गते १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो । यस दिन २१५ ओटा कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको हो ।
यो दिन नेप्से परिसूचक १.२६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ६८ अंक बढेर नेप्से परिसूचक २ हजार ७९३ दशमलव ८९ विन्दुमा पुगेको हो ।