काङ्ग्रेस- एमाले गठबन्धनलाई लिएर शेयर लगानीकर्ता उत्साहित, बजारमा बिग बुलको आशा

काङ्ग्रेस- एमाले गठबन्धनलाई लिएर शेयर लगानीकर्ता उत्साहित, बजारमा बिग बुलको आशा

काठमाडौं । काङ्ग्रेस- एमाले गठबन्धनमा नयाँ सरकार निर्माण हुने भएपछि शेयर लगानिकर्ताहरु पनि उत्साहित भएका छन् ।

लामो समयदेखि बजार उकालो नलाग्दा निराश लगानीकर्ताहरु दुइठुला दल मिलेर सरकार बनाएपछि बजारले गति लिनेमा आशावादी छन् ।

शेयर लगानीकर्ता रोहन पौडेलले सामाजिक संजालमा लेखेका छन्,` आम लगानीकर्ता र पुजीबजार माथि अर्थमन्त्री पुनको छलकपटपुर्ण तथा नाटकिय कुदृष्टीको अन्त्य भएको छ। रातारात चलखेल गरेर धितोपत्र बोर्डलाई अर्थमन्त्रीले आफ्नै पार्टीको बफादार कार्यकर्ता कर्मचारीबाट चलाएर पैसा उठाउने चेष्टा समाप्त भएकोछ ।´

उनले आजबाट बजारमा बिग बुलको प्रवेशहुनेमा आशावादी रहेको बताएका छन् ।

यस्तै अर्का लगानीकर्ता राधा पोखरेलले पनि जे हुन्छ राम्रैका लागि हुन्छ भन्दै सत्तासमीकरण परिवर्तनलाई लिएर उत्साहित पोष्ट गरेकी छिन ।

प्रकाशित मिति:     १९ असार २०८१, मंगलवार  |    Himali Khabar