काठमाडौं । शेयर बजारको कारोबारमा अहिलेसम्मकै सर्वाधिक धेरै रकमको कारोबार भएको छ। आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ। कारोबार भोलुम पनि अहिलेसम्मकै उच्च हो ।
नेप्से सूचक ५४.२१ अंकले बढेर २७३८.२९ विन्दुमा आइपुगेको हो । यससँगै बजार थप नयाँ उचाईमा अघि बढ्ने देखिएको छ । सूचकका साथमा खरिदबिक्री रकम पनि निकै उत्साह देखिएको छ ।
खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ८५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस्तै दोस्रो र तेस्रोमा क्रमशः एनसीसी बैंक र निफ्रा परेका छन् । ८ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि बढेको छ । २१३ कम्पनीको २ करोड १३ लाख २८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।