निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो।

अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट नखोल्ने निर्णय संघले गरेको हो।

प्रकाशित मिति:     ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar