काठमाडौं । मोदी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।
जसमध्ये २९ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बाँडफाँट गरिसकेको छ। कम्पनीले चार लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ।