मध्य भोटेकोशीको आईपीओ निष्कासन स्थगित

मध्य भोटेकोशीको आईपीओ निष्कासन स्थगित

काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानिय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनी र विक्री प्रबन्धकले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति सहज नभएसम्मका लागि निष्कासन स्थगित गरेको जानकारी दिएको हो ।

यस कम्पनीको आईपीओमा स्थानियले पनि अनलाईन आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र उपत्यकामा रहेका सात ओटा मर्चेण्ट बैंकरहरुको वेवसाइटमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति:     २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar