एशियन हाइड्रोपावरको आइपिओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन?

एशियन हाइड्रोपावरको आइपिओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन?

काठमाडौं । एशियन हाइड्रोपावरको आइपिओ आज (मंगलबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६० प्रतिशत अर्थात् २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ।

त्यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुनेमध्ये १० अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको छ।

उक्त सेयर पुस १२ गतेसम्म बिक्रीमा रहनेछ।

प्रकाशित मिति:     २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar