प्रधानमन्त्री शेरबहादुर देउवाले छोराको मुख हेर्दा अर्बौको प्याड उद्योग संकटमा

प्रधानमन्त्री शेरबहादुर देउवाले छोराको मुख हेर्दा अर्बौको प्याड उद्योग संकटमा

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत करका दरहरु परिमार्जनको गर्ने कार्यमा अर्थमन्त्री जनार्दन शर्मासंगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि जोडिएका छन् ।

बजेट मार्फत आयातित सेनेटरी प्याडमा लाग्ने भन्सार ९० प्रतिशत कटौती गरेर नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थमा भने ३० प्रतिशत भन्सार कायम गरिएको छ ।यसबाट सबैभन्दा बढि फाइदा प्रधानमन्त्रीका छोरा जयवीरसिंह देउवाको कम्पनीलाई लाभ छ ।
देउवाका छोरा जयवीर सिंहले ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गर्दै आएका छन् ।

२०७७ पौष १६ गते उनले चितवनका प्याड व्यापारी हेमन्त बजगाईंलाई साझेदारको रुपमा भित्र्याएका छन् । जसमा देउवाको ७० लाख र बजगाइको ३० लाख रुपैयाँको शेयर कायम गरिएको छ । व्यवसायिक साझेदार बनेका बजगाईं लामो समयदेखि यही व्यवसायमा संलग्न छन् ।

यसबाट बुझिन्छ आयातित सेनिटरी प्याडको भन्सार घटाएर आयातकर्तालाई मुनाफा दिलाउने विषयमा प्रधानमन्त्रीकै दबाब रहेको प्रष्ट हुन्छ ।

यो निर्णय सच्याउन माग गर्दै प्याड उत्पादक व्यवसायीहरुले प्रधानमन्त्री, मन्त्रीसम्मलाई गुहारेका छन् । तर यो निर्णय सिधै प्रधानमन्त्रीसंग जोडिएकाले व्यवसायीको मागमा कुनै सम्बोधन भएको छैन ।

प्रकाशित मिति:     २२ असार २०७९, बुधबार  |    Himali Khabar