नेपालमा पहिलो पटक नेपोभेट टायल्स बजारमा आयो

नेपालमा पहिलो पटक नेपोभेट टायल्स बजारमा आयो

काठमाडौं । नेपालमा पहिलो पटक नेपोभेट टायल्स आजदेखी बजारमा आएको छ । यो टायल नेपाल सेरामिक इन्डस्ट्रिजले उत्पादन गरेको हो ।

आफ्नै माटो, आफनै शान भन्ने नारासहित कम्पनीले नेपालमा टायल्स उत्पादन सुरु गरेको हो । बाराको जीतपुर सिमरा– ८मा १ अर्बको लगानीमा उद्योग खोलिएको हो । जहाँ इटालियन प्रविधी जडान गरिएको प्रवन्धनिर्देशक मनोज रौनियारले जानकारी दिनुभयो । यो टायल्स सस्तो र सुलभ मुल्यमा नेपालभर नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विदेशी उत्पादन भन्दा गुणस्तरीय र टिकाउ हुने कम्पनीको दाबी छ । नेपोभिट टायल्सको ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाललाई नियुक्त गरिएको छ। उहाँले नेपाली उत्पादनको प्रयोग गर्न सबैलाई आग्रह गरे।

प्रकाशित मिति:     ९ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar