खाद्य व्यवस्थाले यो वर्ष दसैंमा दुई हजार खसीबोका ल्याउने

खाद्य व्यवस्थाले यो वर्ष दसैंमा दुई हजार खसीबोका ल्याउने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि कम्तीमा दुई हजार खसीबोका ल्याउने भएको छ । दसैँको बेलामा बजारमा हुन सक्ने महँगी नियन्त्रण गर्न खाद्यले यस वर्ष पनि खसीबोका ल्याउन लागेको हो ।

कम्पनीका प्रमुख कार्यकारी मोहनप्रकाश चन्दले दाङ र मकवानपुरबाट खसीबोका ल्याइने बताए । कम्पनीले च्यांग्रा ल्याउन सक्ने सम्भावना भने न्यून रहेको जनाएको छ । मुस्ताङबाट च्यांग्रा ल्याउन मूल्य बुझ्ने काम भइरहेको उनले बताए । चीनबाट च्यांग्रा ल्याउन सके सस्तो पर्ने तर नेपाली च्यांग्रा खरिद गर्दा महँगो पर्न सक्ने उनले बताए ।

कम्पनीले खसीबोका किन्दा प्रतिकिलोग्राम १० रुपैयाँ छुट दिने घोषणा गरेको छ ।

प्रकाशित मिति:     १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar