सुनको मूल्य ७ सय घट्यो

सुनको मूल्य ७ सय घट्यो

काठमाडौं । बिहीबार सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सु्न बिहीबार फेरि ७ सयले घटेर साढे ९० हजार कायम भएको छ ।

चाँदीको मूल्य भने तीन दिनयता प्रतितोला एक हजार २ सय रुपैयाँमा स्थिर रहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनमा थोरै गिरावट आएको छ ।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar