तीजको दिन सुनको मूल्यमा गिरावट

तीजको दिन सुनको मूल्यमा गिरावट

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति:     २४ भाद्र २०७८, बिहीबार  |    Himali Khabar