अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना

अमेजनलाई ८८ करोड अमेरिकी डलरभन्दा धेरैको जरिवाना

काठमाडौं । अनलाइन सपिङ माध्यम ‘अमेजन’लाई ८८ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना भएको छ। प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई असुरक्षित बनाएको र प्रयोग गरेको आरोपमा युरोपियन युनियनअन्तर्गतको राष्ट्रिय तथ्यांक संरक्षण आयोगले अमेजनलाई जरिवाना गरेको हो।

सन् २०१८ मा परेको एक उजुरीलाई लिएर गरिएको अनुसन्धान पछि अमेजनलाई यो जरिवाना तिराउने निर्णय भएको हो।

प्रकाशित मिति:     १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar