१५ हजार फिट उचाइसम्म उड्ने मोटरसाइकलको सफल परीक्षण

१५ हजार फिट उचाइसम्म उड्ने मोटरसाइकलको सफल परीक्षण

एजेन्सी। अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा उड्ने मोटरसाइकलको सफल परीक्षण गरिएको छ। ‘पी वन’ नाम दिइएको मोटरसाइकलमा भर्टिकल टेकअफ र ल्यान्डिङ गर्न सकिन्छ। ुजेटप्याक एभियेसनु नामक कम्पनीले उत्पादन गरेको यो बाइक हवामा १५ हजार फिटसम्म उडन सक्ने बताइएको छ।

साढे चार करोड मूल्य राखिएको यो बाइक दुई भेरियन्टमा सार्वजनिक हुने कम्पनीका सिइओ डेभिड मोम्यानले बताएका छन्।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar