फेरि ३० हजार डलरभन्दा तल आइपुग्यो बिटक्वाइनको मूल्य

फेरि ३० हजार डलरभन्दा तल आइपुग्यो बिटक्वाइनको मूल्य

एजेन्सी। बिटक्वाइनको मूल्य फेरि ३० हजार डलरभन्दा तल आइपुगेको छ। संसारका दोस्रो धनाड्य एलन मस्कले बिटक्वाइनको साथ छाडेपछि मूल्य निरन्तर घट्दैछ।

आज मंगलबार नै बिटक्वाइटको मूल्य प्रति क्वाइन६.२२ प्रतिशत घट्दै २९ हजार ८३१ डलरमा आइपुगेको हो। यसअघि जुन २२मा पनि बिटक्वाइनको मूल्य३०हजारभन्दा तल आएको थियो। आज इथेरियममा७.८६को गिरावटसँगै१७६२डलर, टीथरमा ०.०२प्रतिशत घट्दै एकडलर र बिनाका क्वाइनमा१२.०३ प्रतिशतको गिरावटसँगै २६६डलर कायम भएको छ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar