नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित

काठमाडौं । बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंकबहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उमेदवार धामी दुई हजार ४५६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी साझा प्रजातान्त्रिकका उमेदवार ललित रौनियारले एकहजार ५६६ मत ल्याए । चार हजार ९२२ मतदाता रहेकोमा चार हजार १३२ मत खसेको थियो ।

प्रकाशित मिति:     ४ भाद्र २०८०, सोमबार  |    Himali Khabar