काठमाडौं । अक्सिमिटर र सेनिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले क्षेत्रपाटीबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा लहान-२४ का २४ वर्षीय भगवानबाबु राय राजपुत छन्। उनी क्षेत्रपाटीस्थित बिबिआर इन्टरप्राइजेजका सञ्चालक रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
उनको इन्टरप्राइजेजबाट आठ थान अक्सिमिटर र १२४ ग्यालिन सेनिटाइजर बरामद भएको परिसरले जनाएको छ।