साढे ५ अर्बमा प्राइम स्टिल उद्योग सञ्चालन हुँदै

साढे ५ अर्बमा प्राइम स्टिल उद्योग सञ्चालन हुँदै

काठमाडौं । प्रतिस्थापन विधेयकसँगै सरकारले आयातित बिलेटमा कर बढाएपछि डण्डी उद्योगमा व्यवसायीको लगानी बढ्दो छ।

चालु आर्थिक वर्षमा मात्रै डण्डी उद्योगमा झन्डै १३ अर्बको लगानी प्रतिबद्धता आइसेको छ।

गोल्छा परिवारका शरदले प्राइम स्टिल उद्योग स्थापना गर्ने भएको छ। शरद गोल्छाले प्राइम स्टिल उद्योग स्थापन गर्न लागेका हुन्। गोल्छाले नेपालमै डण्डी उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका हुन्।

उद्योग पर्सा जिल्लामा सञ्चालन हुने गरी दर्ता भएको छ। साढे ५ अर्बको लगानी रहने उद्योगमा ४ सय जनाले रोजगारी पाउने छन्।

प्रकाशित मिति:     १६ असार २०७९, बिहीबार  |    Himali Khabar