एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किने

एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किने

काठमाडौं । विश्वकै धनाड्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन्। मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन्।

केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन्। उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन्।

ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जानकारी दिएका छन्।

प्रकाशित मिति:     १३ बैशाख २०७९, मंगलवार  |    Himali Khabar