भारतीय उद्योगपति मुकेश अम्बानी अब डलर खर्बपति

भारतीय उद्योगपति मुकेश अम्बानी अब डलर खर्बपति

काठमाडौं । भारतीय उद्योगपति मुकेश अम्बानी पनि खर्बपति धनाढ्यहरुको सूचीमा प्रवेश गरेका छन् । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सको सूची अनुसार अम्बानीको प्रवेशसँगै न्यूनतम १ खर्ब अमेरिकी डलर वा त्यस भन्दा बढी सम्पति हुने विश्वभरका धनाढ्यहरुको संख्या ११ जना पुगेको हो ।

खर्बपतिको सूचीमा ११ औं स्थानमा अम्बानी प्रवेश गरेका हुन् । शुक्रबार रिलायन्स इन्डस्ट्रिजको सेयर भाउमा वृद्धि भएपछि उनको सम्पति १ खर्ब १ अर्ब डलर नाघेको छ । रिलायन्सका अध्यक्ष मुकेश अम्दानी एसियाकै सर्वाधिक धनी व्यक्ति पनि हुन् । उनको सम्पतिमा यस वर्ष मात्र २३.८ अर्ब अमेरिकी डलरले वृद्धि भएको ब्लुमबर्गको तथ्यांकले देखाएको छ । खर्बपति धनाढ्यहरुको सूचीको पहिलो नम्बरमा टेस्लाका मालिक इलन मस्क रहेका छन् ।

उनको सम्पति २ खर्ब २२ अर्ब डलर भन्दा बढी छ । यस्तै, विश्वकै दोस्रो व्यक्तिका रुपमा अमेजनका संस्थापक जेफ बेजोसको सम्पति १ खर्ब ९० अर्ब डलर रहेको छ ।

प्रकाशित मिति:     २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar