एयर इन्डिया फेरि टाटा समूहको पोल्टामा

एयर इन्डिया फेरि टाटा समूहको पोल्टामा

काठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहले खरिद गरेको छ ।
वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरिद गरेको हो।

सन् २०२१, १० डिसेम्बरसम्ममा कानूनत : एयर इन्डिया टाटा समूहलाई हस्तान्तरण भइसक्ने छ। तर स्वीकृत बोलपत्र अनुसार पाँच वर्षसम्म टाटा समूहले ब्रान्ड तथा लोगो परिवर्तन वा विक्री गर्न भने पाउने छैन ।

नागरिक उड्डयन सचिव राजीव बंशलका अनुसार टाटा समूहले एयर इन्डिया लिए पनि त्यहाँ कार्यरत १२ हजार जना कर्मचारीहरु भने एक वर्षसम्म काममै रहन पाउने छन् ।

प्रकाशित मिति:     २३ आश्विन २०७८, शनिबार  |    Himali Khabar