फक्सवागत टाइगुन एसयुभी नेपाली बजारमा भित्रियो, मूल्य करिब ५१ लाख

फक्सवागत टाइगुन एसयुभी नेपाली बजारमा भित्रियो, मूल्य करिब ५१ लाख

काठमाडौं। फक्सवागनको टाइगुन एसयुभी नेपाल भत्रिएको छ। यो नयाँ मोडल फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले सार्वजनिक गरेको हो।

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले एसयुभीको उक्त मोडल सार्वजनिक गरे। नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचार्ज्ड इन्जिनबाट चल्ने कम्पनीले जनाएको छ। जसले ११४ हर्जपावर र १७८ एनएम टर्क उत्पादन गर्छ।

नेपाली बजारमा यस प्रकारका कम्प्याक्ट एसयूभीहरुमध्ये टाइगुनको पावर र टर्क सबैभन्दा बढी रहेको दाबी कम्पनीको छ। कम्पनीले तीन भेरियन्टका टाइगुन सार्वजनिक गरेको छ। फक्सवागन टाइगुनको सुरुवाती भेरियन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ।

प्रकाशित मिति:     १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar