कतार एयरवेजको घाटा ४.१ बिलियन अमेरिकी डलर

कतार एयरवेजको घाटा ४.१ बिलियन अमेरिकी डलर

काठमाडौं । कतार एयरवेज समूहले सन् २०२०–२१ मा कोरोना महामारीका कारण घाटा बेहोर्नु परेको बताएको छ । प्रतिवेदन मार्फत एयरवेजले विद्यमान कोभिड महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रवृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा देखाएको छ ।

कतार एयरवेज समूहले आफ्नो कूल घाटा कतारी रियाल १९.९ बिलियन (अमेरिकी डलर ४.१ बिलियन) देखाएको छ । यस मध्य कतारी रियाल ४ बिलियन (अमेरिकी डलर २.३ बिलियन) को कारकका रुपमा एयरलाइन्सको एयरबस ए३८० र ए३३० फ्लिट्सको ग्राउन्डिङ सम्बन्धी एक पटकको हानी शुल्क रहेको छ । महामारीका दौरान समूहले सञ्चालन घाटा कतारी रियाल १.१ बिलियन (अमेरिकी डलर २८८.३ मिलियन) रिपोर्ट गरेको छ ।

यो सन् २०१९–२० का तुलनामा ७ प्रतिशतले कम हो ।

प्रकाशित मिति:     १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar