चौधरी ग्रुपले एक वर्षमा १४ अर्ब २८ करोड राजस्व बुझाएको जनाउ

चौधरी ग्रुपले एक वर्षमा १४ अर्ब २८ करोड राजस्व बुझाएको जनाउ

काठमाडौं । चर्चित व्यापारिक घराना चौधरी ग्रुपले आफूलाई देशकै सबैभन्दा ठूलो करदाता भएको दावी गरेको छ । नेपाल सरकारको राजश्वमा १.७३ प्रतिशत योगदान दिएको भन्दै ग्रुपले सो दावी गरेको हो ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टीको केन्द्रीय समिति वैठकमा बोल्दै ठूला उद्योगपतिहरुले नै सरकारलाई कर नतिर्ने गरेको आरोप लगाएका थिए । ओलीको आरोप परोक्षरुपमा आफूहरुमाथि भएको महसुस गर्दै चौधरी ग्रुपले स्पष्टीकरण दिएको हो । गत आर्थिक वर्ष २०७७–०७८ मा ग्रुप अन्तरगतका उद्योग व्यवसायले १४ अर्ब २८ करोड रूपैयाँभन्दा बढी राजश्व योगदान गरेको जनाएको छ ।

कोभिड–१९ का कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा राजश्वमा आफूहरुले उल्लेख्य योगदान गरेको बताइएको छ।

प्रकाशित मिति:     ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar