नयाँ नोट सटहि सुविधा आजदेखि

नयाँ नोट सटहि सुविधा आजदेखि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्दैछ । काठमाडौं उपत्यकामा इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकाबाहिर भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमार्फत नोट सटहीको सुविधा लिन सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति:     ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar