आइफोन १३ मा नेटवर्क नभए पनि फोन र म्यासेज गर्न मिल्ने

आइफोन १३ मा नेटवर्क नभए पनि फोन र म्यासेज गर्न मिल्ने

काठमाडौं । आइफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आइफोन १३ सार्वजनिक हुने सक्ने सिनेटले जनाएको छ । गत वर्ष कोभिड-१९ का कारण प्रडक्सन ढिला भएको आइफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो वर्ष भने एप्पल पुरानै स्थितिमा आइफोन १३ रिलिज गर्ने तयारीमा छ ।

एप्पलले भने रिलिज डेटबारे कुनै जानकारी दिएको छैन् । गत वर्ष आइफोन १२ ढिलो रिलिज गर्दा प्रयोगकर्ताहरू आइफोन १२ नकिनेर सिधै आइफोन १३ किन्‍ने तयारीमा रहेकाले पनि यो वर्ष रिलिज डेटपछि नसार्ने सोचमा एप्पल रहेको छ ।

आधिकारिक रूपमा एप्पलले कुनै जानकारी नदिए पनि सेप्टेम्बरको तेश्रो हप्ताभन्दा पर नजाने सिनेटले लेखेको छ ।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar