जूमले तेस्रो त्रैमासिकमा १ अर्ब २ करोड आम्दानी गर्ने

जूमले तेस्रो त्रैमासिकमा १ अर्ब २ करोड आम्दानी गर्ने

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ५० लाख देखि १ अर्ब २ करोडसम्म हुने प्रक्षेपण गरिएको छ ।

यो आम्दानी गत वर्षको सोही त्रैमासिकको तुलनामा ३१.२ प्रतिशतले बढी हो । कोभिड १९ महामारीसँगै रिमोट वर्किङ तथा रिमोट स्कुलिङमा वृद्धि हुँदा जूम विश्वका करोडौं मानिसहरुको दैनिकी बनेको थियो र गत वर्ष सन् २०२० मा जूमका प्रयोगकर्ता तथा आम्दानीमा एक्कासी कैयन् गुणा वृद्धि भएको थियो ।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar