४९ लाख ९० हजार पर्ने एसयुभी स्कोडा कुशाकको बिक्री सुरु

४९ लाख ९० हजार पर्ने एसयुभी स्कोडा कुशाकको बिक्री सुरु

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको बिक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ ।

‘स्कोडा कुशाक हाम्रा लागि निकै महत्वपूर्ण छ । कुशाकमार्फत हामी यो गतिशितल अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेका छौं । यो एसयुभीको निर्माण ग्राहकले सबैभन्दा बढी के खोजिरहेका छन् भन्ने कुरालाई ध्यानमा राखेर गरिएको हो । त्यसैले हामी भन्न सक्छौं कि यो नेपाल बजारलाई मिल्ने एसयुभी हो,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाक स्टाइलिस मात्र होइन रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर–प्रुफ छ । यसमा विश्वमै परिचित टीएसआई प्रविधि राखिएको छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन हो ।’

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो ।

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम छ । स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु–स्पोट मल्टिफंक्सन स्टेरिङ छ ।

प्रकाशित मिति:     १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar