नेपाल उद्योग परिसंघको अध्यक्षमा अग्रवाल

नेपाल उद्योग परिसंघको अध्यक्षमा अग्रवाल

काठमाडौं। नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन्। परिसंघको १८औं वार्षिक साधारणभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन्।

अग्रवाल यस अघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए। परिसंघका वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ। उनी यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन्।

अग्रवाल परिसंघको पूर्वाधार विकास समितिको सभापति समेत भइसकेका छन्। अध्यक्ष अग्रवाल एमए डब्लु ग्रुप अफ कम्पनिजका प्रवन्ध निर्देशक हुन्।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar