कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग

कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग

काठमाडौं । फोर एच नेपालले कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग गरेका छन् । उद्योग करकारखानाले पर्यावरण तथा वातावरणलाई हानी नोक्सानी पुर्याएकाले जलवायु न्यायका लागि हरित कर लगाउनु पर्ने दाबी गरेको छ ।

फोर एचनेपालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवी थापालाई १० बुँदे कृषि जलवायु घोषणा पत्र बुझाएको छ। उक्त घोषणा पत्र फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थी र १०० युवा इको लिडरहरूले सभापति कुसुम देवी थापालाई १० बुँदे कृषि जलवायु घोषणा पत्र बुझाएका हुन् । उक्त घोषणा पत्र २०८१ असार १३ देखि १५ गतेसम्म चितवनमा भएको तेस्रो कृषि जलवायु युवा लिडरसीप समिटबाट पारित भएको थियो ।

प्रकाशित मिति:     १२ भाद्र २०८१, बुधबार  |    Himali Khabar