युवा उद्यमी शर्माको `म र मेरो ३३ बर्ष´ पुस्तक पुस दोश्रोसाता प्रकाशन हुने

युवा उद्यमी शर्माको `म र मेरो ३३ बर्ष´ पुस्तक पुस दोश्रोसाता प्रकाशन हुने

काठमाडौं । युवा उद्यमी सुदर्शनराज शर्माको `म र मेरो ३३ बर्ष´ पुस्तक प्रकाशन हुने भएको छ । उनको व्यक्तिगत र ब्यवसायीक अनुभव र भोगाइ समेटिएको उक्त पुस्तक पुस १४ गते प्रकाशन गर्ने तयारी छ ।

शर्मा साहारा ग्लोवल विजनेश ग्रुप प्रा.लि. का संस्थापक अध्यक्ष हुन । उनी स्वास्थ्यसेवी, पर्यटनसेवी, सेवामुलक व्यवसायी तथा समाजसेवीको रुपमा सक्रिय रहँदै आएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, स्वास्थ्य, सेवामुलक तथा सामाजिक संघसंस्थामार्फत राष्ट्र विकास, पर्यटन क्षेत्रको विकास र सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई विभिन्न स्वदेशी एवम बिदेशी संघसंघसंगठनहरुले सम्मानित समेत गरिसकेका छन् ।

प्रकाशित मिति:     ५ मंसिर २०७९, सोमबार  |    Himali Khabar