कान्तिपुर सिसडाेल वातावरण सेवा प्रालिको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न

कान्तिपुर सिसडाेल वातावरण सेवा प्रालिको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं, २९ फागुन । कान्तिपुर सिसडाेल वातावरण सेवा प्रा.लि.को बार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । आज काठमाडौंको चन्द्रागिरी नगरपालिका स्थिति त्रिभुवन पार्कमा कम्पनीले साधारणसभा तथा बनभोज कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सांसद जीवन राम श्रेष्ठले फोहोर ब्यवस्थापनमा सरकार र नागरिक सबैको सहयोग उतिकै आवश्यक रहने बताए । फोहोरको ब्यवस्थापन मात्र भन्दा पनि अब यसलाइ उधोगकै रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ । विकसित देशहरुले फोहोरबाट उर्जा र मल उत्पादन गरिरहेको भन्दै उनले नेपालले पनि त्यसको सिको गर्नुपर्ने बताए । त्यसले फोहोर ब्यवस्थापनमा ठुलो मद्दत मिल्ने बिश्वास उनको छ।

यस्तै पुर्ब गृह राज्यमन्त्री एबम् प्रतिनिधि सभा सांसद श्याम कुमार श्रेष्ठ फोहोर ब्यवस्थापनमा कम्पनीले गरेको कामको प्रशम्सा गर्दै सेवालाइ थप प्रभावकारी बनाउन सुझाव दिए ।

कार्यक्रममा वातावरणविद् प्रकाश अमात्यले फोहोर ब्यवस्थापन निकै चुनौतीपूर्ण कार्य भएकाले यसमा सरकार र नागरिक दुबैको सहयोग अपरिहार्य भएको बताए ।

यसैगरी कान्तिपुर सिसडाेल वातावरण सेवा प्रा.लि.का अध्यक्ष रमेश नेवाले फोहोर ब्यवस्थापनमा राज्यले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापन केन्द्र सिसडाेलमा बेला-बेला हुने विवादले समस्या हुने गरेको भन्दै राज्यले तत्काल बैकल्पिक केन्द्रको विकास गर्नु उनको सुझाव छ ।

सो कार्यक्रम विभिन्न दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु, वातावरण बिद्, पत्रकार लगायत एक सय भन्दा बढीको सहभागिता रहेको थियो । सो अबसरमा विभिन्न संस्कृति कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

`स्वच्छ सफा शहर, हामी सबैको रहर’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै कम्पनीले झन्डै दुई दशकदेखि काठमाडौं महानगरपालिकाको वडा नं १३,१४ र १५ मा फोहोर ब्यवस्थापनको काम गर्दै आएको छ । आगामी दिनमा उपत्यकाको विभिन्न वडा सहित र उपत्यका बाहिर पनि आफ्नो सेवालाई विस्तार गर्ने योजनामा कम्पनी रहेको छ ।

प्रकाशित मिति:     २९ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar