आइएमई जनरल इन्स्योरेन्सले ल्यायो थप २ वटा सेवा

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो थप २ वटा सेवा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले थप २ वटा सेवा सुरु गरेको छ । कम्पनीले आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना ल्याएको छ ।

आइजिआई हेल्थपल्स बीमालेख अतर्गत बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरेको कम्पनीले जनाएको छ । आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना काठमाडौं उपत्यका भित्र मात्रै लागु हुनेछ । यो योजनामा सवारी साधनको बीमा गरेका ग्राहकले कुनै किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेटको सहकार्यमा यो सेवा सुरु गरेको छ ।

प्रकाशित मिति:     २४ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar