निर्जीवन बिमा कम्पनीले ३ महिनामा ९ अर्बभन्दा बढी प्रिमियम उठाए

निर्जीवन बिमा कम्पनीले ३ महिनामा ९ अर्बभन्दा बढी प्रिमियम उठाए

काठमाडौं । निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्ष २०७८–८९ को तीन महिनामै ९ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा हाल सञ्चालित विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले साउन, भदौ र असोज मसान्तसम्म सो रुपैयाँ बराबरको बिमाशुल्क तथा प्रिमियम संकलन गरेका हुन् ।

यो रकम गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ८८ प्रतिशतले बढी रहेको छ । यी बिमा कम्पनीहरूले गत आव २०७७/७८ को असोज मसान्तसम्ममा जम्मा ७ अर्ब ५८ करोड रुपैयाँ मात्र बिमाशुल्क संकलन गरेका थिए ।

प्रकाशित मिति:     ९ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar