बिमा समितिको निर्देशनप्रति ईपानको आपत्ति

बिमा समितिको निर्देशनप्रति ईपानको आपत्ति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९ईपान०ले बिमा समितिले जलविद्युत् आयोजनाको सम्बन्धमा गरिएको पछिल्लो व्यवस्थाप्रति आपत्ति जनाएको छ । ईपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार केही निर्जीवन बिमा कम्पनीको प्रभावमा परी निर्देशन जारी हुनु गलत रहेको बताए। गत असार १ गते गण्डकी र बागमती प्रदेशका केही नदी बेसिन करिडोरका आयोजनामा पुगेका क्षतिको क्षतिपूर्ति दिनुको साटो गलत मनसाय राखेर ऊर्जा उद्यमीलाई दुःख दिन खोजिएको ईपानको भनाइ छ।

बिमा समितिले पूरा क्षतिपूर्ति गराउन पहल गर्नुपर्नेमा उल्टै बिमा रकममा गरिएको वृद्धि आफूहरुलाई मान्य नभएको ईपानको भनाइ छ। गत असार पहिलो साताको बाढीका कारण क्षति पुगेका आयोजनालाई बढी क्षतिपूर्ति दिनुपर्‍यो भन्ने मान्यता राखेर जलविद्युत् आयोजनाप्रति गरिएको व्यवहार आफैंमा मिल्दो नभएको अध्यक्ष आचार्यको भनाइ छ।

प्रकाशित मिति:     १६ आश्विन २०७८, शनिबार  |    Himali Khabar