सिद्धार्थ इन्स्योरेन्सको सिईओमा पुनः वैदवार

सिद्धार्थ इन्स्योरेन्सको सिईओमा पुनः वैदवार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।

कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।

इन्स्योरेन्सको कामू सिईओको रुपमा कार्यरत वैदवारलाई २०७४ भदौ १ गतेको सञ्चालक समिति बैठकले ४ वर्षका लागि सिईओ बनाएको थियो । उनको पहिलो कार्यकाल सकिएपछि पुन नियुक्त गरेको हो ।

प्रकाशित मिति:     ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar