सरकारले रकम नदिएपछि कोरोना बीमाको भुक्तानी राकियो

सरकारले रकम नदिएपछि कोरोना बीमाको भुक्तानी राकियो

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् ।

सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाखयता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । अहिले औपचारिक रूपमा नै कोरोना बीमाको दावी भुक्तानी स्थगन गरिएको हो । सरकारले प्रतिबद्धता गरेअनुसार रकम निकासी नगर्दा दाबी भुक्तानी स्थगन गरिएको दाबी छ।

तत्कालीन सरकारले कोरोना बीमाको दायित्व सरकारले पनि बेहोर्ने बताएको थियो । सोहीअनुसार कोरोना बीमामा साढे ३ अर्ब माथिको दाबी भुक्तानी सरकारले नै बेहोर्ने गरी मापदण्ड बनाइयो । कोरोना बीमाको दाबी भुक्तानी साढे ३ अर्व नाघेको महिनौ वितिसक्यो । तर, अर्थ मन्त्रालयबाट रकम निकासा भएको छैन ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar