बीमा कम्पनीहरुले उधारोमा पोलिसी बेच्नमा रोक

बीमा कम्पनीहरुले उधारोमा पोलिसी बेच्नमा रोक

काठमाडौं । बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले यस्तो निर्देशन जारी गरेको हो ।

समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको नाममा निर्देशन जारी गरेर यस्तो निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई नै यस विषयमा बढी चनाखो हुन भनिएको छ ।

विशेषगरी असार महिनामा बढी मात्रामा उधारोमा बीमा पोलिसी विक्री हुने गर्छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले लक्ष्य पूरा गर्न असार महिनामा उधारोमा बीमा पोलिसी गर्ने गरेको पाइन्छ । त्यही कारणले यस विषयमा बीमा कम्पनीहरूलाई थप निर्देशन दिइएको अध्यक्ष सिलवालले बताए ।

प्रकाशित मिति:     २३ असार २०७८, बुधबार  |    Himali Khabar